रेशमले रञ्जितालाई हटाए नाउपाकाे अध्यक्षबाट

रेशमले रञ्जितालाई हटाए नाउपाकाे अध्यक्षबाट



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् ।

बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले रञ्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिइसकेको छ ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमेलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।

नाउपाको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ ।

रेशम रञ्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाएकी थिइन् । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् ।