एकीकृत समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश

एकीकृत समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश



काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाे नेकपा (एकीकृत समाजवादी)को सिंगो कमिटि पार्टी परित्याग गरेर अध्यक्ष मन कुमार स्याङ्तानसहित नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमकाबीच एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेमा स्वागत गरेका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरु जगत बहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल डिम्डुङ, पेशागत महासंघ बागमती प्रेदश कमिटीका कार्य बाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मरठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्ण प्रसाद दाहाल एमाले प्रेश गरेका हुन् ।

उनीहरुलाई एमाले महासचिव पोखरेल, थाई कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रिय कमिटी सदस्य तथा मुख्य सचेतक महेश बर्तौला लगायतले प्रवेश गराएका हुन् ।

महासचिव पोखरेलले क्षमता अनुसारको उचित जिम्मेवारी दिईने वताउदै र आजबाट पार्टी काममा लाग्न निर्देशन दिए ।