जनताप्रति सरकार उत्तरदायी नहुँदा लोकतन्त्र खतरामा छ : शेखर कोइराला

जनताप्रति सरकार उत्तरदायी नहुँदा लोकतन्त्र खतरामा छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा लोकतन्त्र नै खतरामा परेकाे बताएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरे ।

ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको जिकिर गरे ।

उनले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने कोइरालाले जोड दिए ।