काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएसँगै आज सकिँदै छ ।
साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष दाहालले स्थायी समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।
अध्यक्ष दाहालले सबै सदस्यका प्रश्नहरुको सामुहिक जवाफ दिएर बैठक समापन गर्ने तयारी गरिएको पार्टी सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष दाहालले बोल्नुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले आ-आफ्नो धारणा राख्नुहुनेछ । बैठकमा दाहालको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।


प्रतिक्रिया