हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनीद्वारा लेखिएको राजीनामा पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ।
मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्र लामाले उक्त पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई हस्तान्तरण गरेका हुन्।
लामाले आइतबार नै राजीनामा दिने घोषणा गरेका थिए, र त्यसको भोलिपल्ट उनले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।


प्रतिक्रिया