काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक गरिने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि परीक्षा बोर्डले आज साँझ ५ बजे बैठक बोलाएको छ।
परीक्षा बोर्डका स्रोतका अनुसार, आइतबार डेमो गरिसकिएको थियो र आज नतिजा सार्वजनिक गर्न तयारी भइरहेको छ।
यस पटकको नतिजा क्यालेन्डर अनुसार १५ साउनभित्र सार्वजनिक गर्नुपर्ने थियो। तर, गत चैत २० देखि शिक्षक आन्दोलनले २९ दिन लामो अवरुद्धता निम्त्याएपछि नतिजा घोषणा ढिलो भएको हो। गत वैशाख ११ मा तय भएको परीक्षा पनि आन्दोलनका कारण २१ वैशाखबाट सुरु भएको थियो।
यस परीक्षामा करिब ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।


प्रतिक्रिया