काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा एमालेका सांसद दयाल बहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कडा टिप्पणी गरेका छन्।
शाहीले लामिछानेलाई ‘भगौडा’ को संज्ञा दिँदै उनले सहकारी डुबाएर नयाँ पार्टी खोलेको आरोप लगाए। शाहीले भने, ‘सङ्कटकालमा देश छोडेर विदेश गएका भगौडाहरूले अहिले नयाँ पार्टी खोले, सहकारी डुबाए र तामझामसहित जीबी राईको पैसाले बर्खाका च्याउझैं उम्रिए।’
रास्वपाले संसद् बहिष्कार गरिरहेको सन्दर्भमा उनले यो व्यवहारलाई अस्वाभाविक नभएको बताए। उनका अनुसार, ‘अहिले जो संसद् बहिष्कारको आवाज छ, जसलाई निष्ठा हुँदैन, जसको मेहनत परेको हुँदैन, उसले संसदीय अभ्यासलाई बेवास्ता गर्नु नौलो होइन।’


प्रतिक्रिया