काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग पार्टी एकता गर्ने सहमति गरेको छ।
पार्टी स्थायी कमिटी बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भने, “विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ, वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको छ।”
त्यसैगरी, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने “हामीले सामूहिक एकताको साथमा सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प गरेका छौं। फेरि एकचोटि जनतामा जाने र देशमा देखा परेका विसङ्गतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ।”


प्रतिक्रिया