जनार्दन शर्मा चार वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न तयार

जनार्दन शर्मा चार वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न तयार



काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले चार वर्षको अवरोधपछि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्न सहमति जनाएका छन्।

आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार रहेका शर्माले आफूलाई छेकिएको भन्दै माइन्युटमा सही गर्न अस्वीकार गर्दै आएका थिए।

तर, गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनले हस्ताक्षर गर्न सहमति जनाएका हुन्। पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने,“उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका कुरामा उहाँले महसुस गर्नुभयो।”