काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।
मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले छानबिन गर्न गठित विशेष समितिले गम्भीर त्रुटिका रूपमा लिएको बताए ।
समिति सभापति र सचिवले नियतजन्य रूपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय रहेको बताए ।
‘हामीले गम्भीर त्रुटि भनेका छौँ, यसलाई मानवीय त्रुटिका रूपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रूपमा जानाजान नै छेडखानी गरिएको छ,’सापकोटाले भने ।
कानुनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने उनले बताए ।
‘कानुनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवैले यसको जिम्मेवारी लिनुपर्छ । नैतिक रूपमै स्विकार्नुपर्छ । नैतिकता भनेको आफ्नो सभापतिको स्पष्ट जिम्मेवारी पूरा गर्न नसकेपछि के गर्ने भन्ने स्पष्ट छ,’ उनले भने ।


प्रतिक्रिया