काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्मेनिया र अजरबैजानका नेताहरूसँग शान्ति वार्ताका लागि भेटवार्ता गर्ने भएका छन् ।
ट्रम्पले शुक्रबार व्हाइट हाउसमा भेटवार्ता गर्ने तयारी गरेको एक अमेरिकी अधिकारीले रोयटर्सलाई जानकारी दिएका छन् ।
ती अधिकारीका अनुसार यस भेटवार्तामा शान्ति सम्झौताका लागि आधारभूत खाका (framework) सार्वजनिक गरिन सक्छ। वाशिङ्टन पोस्टले पहिलोपटक यस वार्ताबारे जानकारी सार्वजनिक गरेको हो ।
अर्मेनिया र अजरबैजान दुवै १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएका देशहरू हुन् । तर १९८० को अन्त्यदेखि नै यी दुई देशबीच नागोर्नो-काराबाख विवादका कारण तनाव रहँदै आएको छ ।
नागोर्नो-काराबाख अजरबैजानको भूभाग हो तर त्यहाँ अधिकांश अर्मेनियन बासिन्दाहरू छन्, जसले अर्मेनियाको समर्थनमा अजरबैजानबाट अलग हुने प्रयास गर्दै आएका छन् ।
ट्रम्पको पहलमा हुने यो शिखर वार्ताले यति लामो समयदेखि चलिरहेको विवाद समाधानको दिशामा कुनै ठोस प्रगति ल्याउने अपेक्षा गरिएको बताइएको छ ।


प्रतिक्रिया