कपिलवस्तु । कपिलवस्तुबाट एमाले र कांग्रेसका केही कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टी कपिलवस्तुद्वारा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु महादेवी वडा नम्बर १ का एमालेका पूर्ववडाध्यक्ष हरिगोविन्द चौधरी र सम्पूर्ण वडा कमिटी जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए ।
त्यस्तै कांग्रेसका सुवा चौधरी, सलीम प्रधान, राजनारायण चौधरी, जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य नारायण यादव, सहबुदिन मुसलमानलगायत २५० भन्दा बढी व्यक्तिहरू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
जिल्ला इन्चार्ज रियाज अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष दानबहादुर चौधरीले जनमत पार्टीप्रति आकर्षण बढेको बताए । कांग्रेस, एमाले, माओवादी केन्द्रले जनताको हितमा केही गर्न सकेनन् भनी जनताले बुझिसके अब नयाँ विचार र नयाँ शक्तिले केही गर्ला भनी लागेर जनमत पार्टीप्रति आकर्षण बढेको उनले बताए ।
जनमत पार्टी नयाँ सोच र एजेन्डाका साथ अगाडि बढेका कारण अहिले सो पार्टीप्रति आकर्षण बढेको बताउँदै उनले तराई मधेसमा विश्वास गर्ने पार्टी भनेकै जनमत पार्टी रहेको दाबी गरे ।


प्रतिक्रिया