काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसद सरकारप्रति नभई सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने धारणा राखेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, “सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो रु के हो यो ?”
उनले भिजिट भिसाको विरोधमा आफूहरू नभएको स्पष्ट पार्दै भनिन्, “भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर भिजिट भिसाको नाममा मान्छेहरूलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ, हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौं।”
कार्कीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अवस्था बारे चिन्ता व्यक्त गर्दै थपिन्, “आज हजारौँ दिदीबहिनीहहरू वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन्। हाम्रा दाजुभाइहरू बाकसमा फर्किएका छन्।”
गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, “दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्यौ-गर्यौ, भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच।”
अन्त्यमा, सांसद कार्कीले भिजिट भिसा दुरुपयोगसम्बन्धी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।


प्रतिक्रिया