विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ

विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ

नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने सक्तीहरूबिचको एकता अत्यावश्यक भएको बताए ।

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने उनको भनाइ छ ।

उनले स्थायी कमिटी बैठकमा पार्टीमा विभिन्न विषयमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको जिकिर गरे । अहिले देशमा बढ्दै गएको राजनीतिक सङ्कटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्न नहुने उनले बताए ।

नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

यसैबीच, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएकाे छ । दुई नेताबीच बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा छलफल भएकाे हाे ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकतालगायत विषयमा छलफल भएकाे नेताहरूले बताएका छन् । माओवादीकाे केन्द्रीय समिति बैठकले विप्लवकाे पार्टीसँग एकताकाे निर्णय गरेकाे छ ।