पशुपति शर्मा चढेको कार दुर्घटना, कान्छी औंला भाँचियो

पशुपति शर्मा चढेको कार दुर्घटना, कान्छी औंला भाँचियो


ग्लोब नेपाल
783
Shares

काठमाडौं । लोक दोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिए । उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ । गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका थिए ।