प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इजमाइलबिच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इजमाइलबिच शिष्टाचार भेट



तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्धनसम्बन्धी निकायको विश्व सङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबिच साइडलाइन भेट भएको हो ।

प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सेरदारलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।