काठमाडौं । जनमत पार्टीले पार्टी विरोधी गतिविधिमा संलग्न भएका नेता तथा कार्यकर्ताको नामावली पठाउन जिल्ला इन्चार्जहरूलाई निर्देशन दिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भएका नेता तथा कार्यकर्ताको नामावली इन्चार्जमार्फत् केन्द्रमा पठाउन पार्टी अध्यक्ष डा.सिके राउतले बताए ।
पार्टी सचिवालयद्वारा बुधबार जारी पत्रमा पार्टी अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने नीतिअनुसार कुनै पनि सदस्यले अनुशासन उल्लङ्घन गरेमा तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
अबदेखि पार्टी सदस्यले पार्टीका निर्णय विपरीत गतिविधि गरे वा कुनै समितिमा नरही टिकट लिन खोजे वा कुनै लाभको पद लिन खोज्दा अनुशासन सफाइको प्रमाणपत्र लिनुपर्ने वा अनुशासन क्लियरेन्स हुनुपर्ने प्रावधान ल्याउन लागेको समेत जानकारी गराइएको छ ।
पत्रमा भनिएको छ, “पार्टी विरोधी गतिविधिमा लाग्ने, पार्टी विरोधी गुट/समूहको बैठक वा भेलामा सहभागी हुने वा पार्टी विरोधी पोस्टहरू गर्ने सदस्यहरूको नाम प्रमाणसहित नियमित रूपमा केन्द्रमा पठाउन अनुरोध गरिन्छ ।”



प्रतिक्रिया