काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यांग्य गरेका छन् । सामाजिक सञ्जालमा एमाले, कांग्रेस र माओवादीका प्रमुखहरूको सूची प्रस्तुत गरेर महासचिव पोखरेलले प्रचण्डलाई व्यांग्य गरेका हुन् ।
अध्यक्ष प्रचण्डको अगुवाइमा हिजो कांग्रेस र एमालेबाहेक दलहरूको बैठक बसेको थियो । र, उक्त बैठकमा निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल स्व:मूल्यांकन कार्य विधिबारे छलफल गरेका थिए । उक्त छलफलमा उनीहरूले आयोग दुई दलीय व्यवस्थाको पक्षमा देखिएको भन्दै आपत्ति जनाएका थिए ।
आयोगको कार्य विधिमा प्रश्न उठाएका प्रचण्डलाई जवाफ दिन महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि नेतृत्वको सूची सार्वजनिक गरेका हुन् । बहुदलीय व्यवस्था स्थापनापछि माओावादी केन्द्रकाे नेतृत्वमा प्रचण्ड मात्रै छन् । उनले निरन्तर ३५ वर्षदेखि नेतृत्व गर्दै आएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् :
बहुदलीय व्यवस्थाको स्थापनापछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्थाः
नेकपा (एमाले)को मुख्य नेतृत्व
मदन भण्डारी
मनमोहन अधिकारी
माधव कुमार नेपाल
झलनाथ खनाल
केपी शर्मा ओली
नेपाली कांग्रेसको मुख्य नेतृत्व
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशिल कोइराला
शेरवहादुर देउवा
नेकपा (माओवादी केन्द्र)को मुख्य नेतृत्व
पुष्पकमल दाहाल प्रचण्ड


प्रतिक्रिया