रूपन्देही- ३ मा उम्मेदवार बन्न रास्वपाबाट ९ जनाको आवेदन

रूपन्देही- ३ मा उम्मेदवार बन्न रास्वपाबाट ९ जनाको आवेदन



रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाको आवेदन दिएका छन् । रास्वपाबाट अनलाइनमार्फत आवेदन दिने म्याद हिजो सकिएको छ ।

रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । ९ जनाले तोकिएको समयभित्र अनलाइनमा आवेदन गरेका हुन् ।

आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा‍. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन् ।

यी नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ ।

आवेदन दिएकामध्ये ४ जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । जिल्ला नेताहरूका अनुसार मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा प्रतिस्पर्धाको अग्रपंतिमा आउन सक्नेछन् ।

२०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जीतबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए ।