काठमाडौँ । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै ऐतिहासिक सफलता हात पारेको छ। फिफाले सार्वजनिक गरेको नयाँ महिला वरियतामा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो।
यसअघि १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंकको सुधार गर्दै ८७औं स्थान हासिल गरेको हो। यो नेपाली महिला टोलीको हालसम्मकै सबैभन्दा उच्च वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म मात्रै पुगेको थियो।
महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले श्रीलंका र लाओसलाई हराउँदै उज्बेकिस्तानसँग बराबरी खेलेपछि वरीयतामा सुधार भएको हो।
हाल एसियाली राष्ट्रहरूमध्ये नेपाल १६औं स्थानमा छ। फिफा वरियताको शीर्ष स्थानमा स्पेन छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ।


प्रतिक्रिया