काठमाडौं । संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा सहमति जुटेको छ । बिहीबार समितिको बैठकमा पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो ।
यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वत: शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि पारित भएको छ ।
यस्तै समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो ।
परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो ।
अहिलेसम्म बैठकमा चार नम्बर बुँदासम्म सहमति जुटिसकेको छ । अहिले पाँचौँ बुँदामा छलफल चलिरहेको छ ।


प्रतिक्रिया