काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दलित, जनजाति र पिछडिएको कर्णालीको प्रतिनिधित्व हुने संविधान निर्माण र जनताको अधिकार स्थापित गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । बिहीबार सुर्खेतमा आयोजना भएको नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रथम महाधिवेशनमा बोल्दै सभापति खतिवडाले भने, कांग्रेसलाई पहिलो पार्टी बनाइएन भने जनताको अधिकार स्थापित हुँदैन । कांग्रेसलाई प्रिय पार्टी बनाइयो भने सबैको भलो हुन्छ ।’
कर्णालीमा केही नयाँ कार्यक्रम सुरुवात भएका छन्, कर्णाली सबैको उदाहरण बन्नुपर्ने सुझाव सभापति खतिवडाले दिए । सभापति खतिवडाले भने, ‘कर्णालीबाटै प्रतिनिधित्व गरेर पार्टी उपसभापति आदर्णीय पूर्णबहादुर खड्का कार्यवाहक सभापति र प्रधानमन्त्री भएर धेरै पटक काम गरिसक्नु भएको छ । किसान महासंघको संगठन कर्णालीको जस्तो होस भन्ने पे्ररणा लिएर म यहाँबाट फर्किन चाहन्छु ।’
‘संघमा हाम्रै पार्टीका कृषिमन्त्री हुनुहुन्छ, किसानको समस्या सम्बोधन गर्न सफल होस् । मन्त्री जोसुकै भए पनि जनता र कृषकको पक्षमा का मगर्न म अनुरोध गर्छु’ उपसभापति खतिवडाले भने, ‘कृषिप्रधान हाम्रो मुलुक खाद्यन्न आयात गर्नुपर्छ । यसको अन्त्यका लागि हामीले पहल गर्नुपर्ने बेला छ ।’

‘जनताको प्रिय पार्टी कांग्रेस जबसम्म बलियो हुँदैन, तबसम्म किसान र कर्णालीका जनताको हक अधिकार स्थापित हुँदैन’ सभापति खतिवडाले भने, ‘पार्टीभित्र मत विभाजन हुनसक्छ, कांग्रेसमा मात्र होइन, सबै राजनीतिक दलमा कार्यकर्ता विभाजित छन्् । तर एकजुट भएर पार्टी निर्माण गर्नुपर्छ ।’
सभापति खतिवडाले भने, ‘पार्टीमा दुई खालका कार्यकर्ता छन् । एउटा शीर्ष नेताको कान भर्ने, अर्को जनताका माँझमा गएर काम गर्ने छन् । पार्टीलाई कामगर्ने कार्यकर्ताको आवश्यकता छ ।’ उनले भने, ‘तेरो मेरो नभनी काम गर्ने मान्छेलाई माथि ल्याउने पद्धतिको विकास पार्टीले गरोस् ।’
‘जुन दिनबाट काम गर्ने कार्यकर्ताले पार्टीमा ठाउँ पाउँछ, त्यसपछि मात्रै इमान्दार कार्यकर्तालाई माथि जाने पद्धतिको विकास हुन्छ । नीतिको भन्दा नेताको मान्छे बन्ने, नेताबाट नाताको खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’ सभापति खतिवडाले भने, ‘हाम्रो प्रधानमन्त्रीको बोली बुझिन्छ, काम बुझिदैन । हाम्रा लागि बोलीभन्दा काम ठूलो हो ।’
‘सादगी नेता कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको पार्टीका कार्यकर्ता हौं हामी । पार्टीलाई परिवार ठान्ने हाम्रा आदरर्णीय भट्टराईको आदर्शलाई हामीले आत्मसात गर्नुपर्छ’ सभापति खतिवडाले कार्यक्रममा भने ।


प्रतिक्रिया