जनमतका उपाध्यक्ष साह पार्टीबाट निष्कासित

जनमतका उपाध्यक्ष साह पार्टीबाट निष्कासित



काठमाडाैं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

साहलाई गत चैत १४ गते १४ बुँदे सुधारकाे सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे ।