कांग्रेसका दुई महामन्त्रीसँग मेरियटमा गृहमन्त्रीको लामो छलफल

कांग्रेसका दुई महामन्त्रीसँग मेरियटमा गृहमन्त्रीको लामो छलफल



काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ छलफल गरेका छन् । होटल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग गृहमन्त्रीले लामो छलफल गरेका हुन् ।

छलफलका एजेण्डाबारे सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र बताइएकाे छ ।

पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ ।

गृहमन्त्री र महामन्त्रीद्धयबीच मेरियटमा करिब तीन घण्टाको छलफलपछि राति साढे १० बजे बाहिरिएका थिए ।

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्ने संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि कांग्रेस नेतृत्व दबाब छ ।

सभापति देउवाले महामन्त्रीद्धयसँग छलफल गर्नुअघि गृहमन्त्रीले उनीहरूसँग भेटेर समग्र विषयमा कुराकानी गरेको बताइएको छ ।