साउन २७ गते विश्वासको मत लिँदै बानियाँ

साउन २७ गते विश्वासको मत लिँदै बानियाँ



हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्। साउन २० मा नियुक्त भएका बानियाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार संसद् बैठकका लागि प्रदेशसभा सचिवालयमा जानकारी गराएका हुन्।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदसहित ६४ प्रदेशसभा सदस्यको समर्थन रहेको छ।
बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएर नेतृत्व हासिल गरेका हुन्।