झलनाथलाई माधवले भने– ओलीको सेवा गरेर बसे हुन्छ

झलनाथलाई माधवले भने– ओलीको सेवा गरेर बसे हुन्छ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि अहिले विद्रोह गरेको औचित्य नरहने भन्न नमिल्ने बताए ।

उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनले निर्देशन दिए । संविधान मिच्ने, संसद् विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ ।

“मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढतताका साथ पहल गरेका छौँ ।

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबी समेत गरे ।