नेकपा एसले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

नेकपा एसले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

माधव-झलनाथबीचको विवाद र माओवादी केन्द्रसँगकाे एकता मुख्य एजेण्डा



काठमाडौं । नेकपा एकीकृत समाजवादीले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठकअघि ४ गते स्थायी कमिटी र ५ गते पोलिटव्युरोको बैठक बोलाइएको छ ।

केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकता प्रस्ताव अनुमोदन गरिने उक्त पार्टीको केन्द्रीय कार्यालयस्रोतले जनाएको छ ।

त्यसैगरी पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि महासचिव घनश्याम भुसालले पार्टीको बैठक बोलाइएका हुन् ।

माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन् । अध्यक्ष नेपालसँगको विवाद चर्किएपछि आफूले सचिवालयमा पेस गरेको लिखित प्रस्तावमाथि छलफल गर्नको लागि नेता खनालले पार्टीको बैठक माग गर्दै आएका थिए ।

स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीका विवादास्पद अभिव्यक्तिबारे पनि छलफल गर्ने एजेण्डा रहेको कार्यालयस्रोतले जनाएकाे छ ।