प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी तीब्र

प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी तीब्र


ग्लोब नेपाल
918
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले तीब्र बनाएको छ । भ्रमण निश्चित भए पनि मिति तय भइनसकेको प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौको अन्तिम अथवा असोजको पहिलो साता हुनेछ ।

मन्त्रालयले भ्रमणको गृहकार्य भइरहेको भन्दै कार्यतालिका र एजेण्डा उपयुक्त समयमा सार्वजनिक गर्ने जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै छन् ।

सरकार गठन भएको एक वर्षपछि भारत भ्रमणको निम्तो पाएका प्रधानमन्त्री ओलीको यो भ्रमणलाई राजनीतिक रूपमा पनि महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भारत जानुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण जाने कार्यक्रम छ ।