उत्तराखण्ड बाढीमा बेपत्ता १३ मध्ये एक नेपालीको शव फेला

उत्तराखण्ड बाढीमा बेपत्ता १३ मध्ये एक नेपालीको शव फेला



काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले शवको सनाखतको काम भइरहेको जानकारी दिएको छ।

साउन २० गते धराली क्षेत्रमा आएको ‘क्लाउड ब्रस्ट’ बाढीमा १३ नेपाली जीवितै उद्धार गरिए पनि अझै आठ जना हराइरहेका छन्।

त्यस्तै, साउन २१ गते पौरी गढवालको बगुडा क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो। बगुडा बाढीमा पाँच जना घाइते भएका थिए भने तीन जना उपचारपछि घर फर्किएका छन्। बाँकी दुई जनाको उपचार जारी छ।

नयाँ दिल्लीस्थित दूतावासले नेपालीहरुको उद्धार र घटनाको निगरानी गरिरहेको छ।