मन्त्री हेरफेरबारे बालुवाटारमा कांग्रेस-एमालेको उच्चस्तरीय बैठक

मन्त्री हेरफेरबारे बालुवाटारमा कांग्रेस-एमालेको उच्चस्तरीय बैठक

मन्त्री फेरबदल गर्ने ओलीकाे प्रस्ताव, एमालेकाे बदलेर कांग्रेसकालाई छोडिदिन देउवाकाे आग्रह



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

भेटमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव बैठकमा गरेका थिए । ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सरकार गठन भएको एक वर्ष पुगिसक्यो । नयाँ मन्त्री बनाऊँ पुरानालाई बिदा गरौँ ।’

ओलीको प्रस्तावमा देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए । ‘मैले पार्टीमा बल्ल बल्ल मिलाएको थिए । त्यही पनि विवाद भयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले मन्त्री बदलेर फेरि विवाद किन निम्त्याउनु । तपाईंले बदल्नुस् हाम्रालाई छोडिदिनुस् ।’