काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग सामुहिक छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा उनीहरुसँग दिउँसो १ बजेदेखि चलेको छलफल अझै जारी छ । छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गरेका छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गरेका छन् ।
सकेसम्म उम्मेदवारहरुबाटै एकले अर्कोलाइ समर्थन गरेर एकल उम्मेदार बनाउने विषयमा छलफल केन्द्रीत भएको बताइएकाे छ ।
रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । आजको बैठकमा बोल्ने सबै आकांक्षीहरुले पार्टीको योजनाअनुसार नै अघि बढ्ने र जसरी पनि निर्वाचन आफ्नो पक्षमा पार्नेगरी योजना बनाउने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया