काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले नेकपा (एमाले)को परराष्ट्र विभागबाट राजीनामा दिने भएकी छन् । उक्त पदमा आफू नबस्ने जानकारी उनले परराष्ट्र विभाग सचिव रघुवीर महासेठलाई गराएकी हुन् ।
उनकाे लिखित राजीनामा भने नआइपुगेको विभागका एक सदस्यले बताए । उनी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष हुन् ।
एमालेले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् ।


प्रतिक्रिया