काठमाडौं । भारतका लागि पूर्व राजदूतसमेत रहेका परराष्ट्रविद् नीलाम्बर आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले सम्बन्ध नयाँ उचाइँमा पुग्ने बताएका छन् । उनले भने, ‘भारतसँगको राजनीतिक सम्बन्ध र समझदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणलाई लिनुपर्छ ।’
दुई देशबीच राजनीतिक समझदारी सहज भए आर्थिक सहयोग, विकास साझेदारी र लगानी भित्र्याउने तथा व्यापार घाटा न्यून गर्ने पाटामा काम गर्न सहज हुने परराष्ट्रविद् आचार्यको भनाइ छ ।
नेपालमा प्रधानमन्त्री फेरिनासाथ भारत भ्रमणमा जाने परम्परा रहे पनि पछिल्लोपटक निम्ता नआउनुले नेपाल र भारतबीच सम्बन्ध चिसिएको अनुभूति गरिएको उनले बताए।
परराष्ट्रविज्ञ आचार्यले राजनीतिक सम्बन्ध सुधार्न इतिहासदेखि थाँती रहेका मुद्दालाई सम्बोधन गर्दै जाने भन्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणमा ती विषयमा मित्रवत् र खुला वार्ता हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओली आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमणमा जाने कार्यक्रम छ।


प्रतिक्रिया