कुलिङ पिरियडमा त्रुटि : सभामुखले प्रतिवेदन कार्यान्वयनबारे गरे छलफल

कुलिङ पिरियडमा त्रुटि : सभामुखले प्रतिवेदन कार्यान्वयनबारे गरे छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ गडबडीबारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका छन् ।

सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्तारुढ एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेकाले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे ।

राज्यव्यवस्था समितिको नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिइएको र समितिको काम अब धेरै समय रोक्न नसकिने बताए ।

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।