रुपन्देही– ३ उपनिर्वाचन : रास्वपा उम्मेदवारमा जुटेन सहमति

रुपन्देही– ३ उपनिर्वाचन : रास्वपा उम्मेदवारमा जुटेन सहमति



काठमाडौं । रास्वपाको तर्फबाट आगामी कार्तिक १७ गचे हुने रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवार बन्न आकाङ्क्षीबिच सहमति नजुटेपछि प्राइमरी निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने भएको छ ।

साझा उम्मेदवार छनोट गर्नका लागि रास्वपाले आइतबार ९ जना उम्मेदवारसँग छलफल गरेको थियो । तर सबै उम्मेदवारले निर्वाचनमै जाउँ भनेपछि सहमतिको विकल्प सकिएको स्रोतले बतायो ।

उम्मेदवारी फिर्ता लिनको लागि आज साँझ ५ बजेसम्मको समय दिएको थियो । तर उम्मेदवारी फिर्ता लिने समय सकिएकाले ९ जनाकै नाम प्रकाशनकाे तयारी भइरहेको छ ।

आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रहेका छन् ।