रामहरि खतिवडाले राजीनामा दिँदा चन्द्र भण्डारी र श्याम घिमिरे किन मुस्कुराए

रामहरि खतिवडाले राजीनामा दिँदा चन्द्र भण्डारी र श्याम घिमिरे किन मुस्कुराए


ग्लोब नेपाल
13.7k
Shares

काठमाडौं । राज्य व्यवस्था र सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा सम्बोधन गरी मंगलबार राजीनामा दिएको घोषणा गरे । संसदलाई सम्बोधन गर्ने क्रममा उनले जंगलमा आगो लागेको कथा सुनाए भने कांग्रेसका आदर्शवादी नेताहरुलाई पटक पटक सम्झिए ।

सभापति खतिवडाले संसदलाई सम्बोधन गरिरहँदा सदन स्तब्ध देखिन्थ्यो । एमाले सांसदहरु गोकुल बाँस्कोटा, सुनिता बराललगायतका सांसदहरु निउरो मुख लगाएर खतिवडातर्फ हेरिरहेका थिए ।

यता सत्तापक्षको रोहमा बसेका कांग्रेस सांसद चन्द्र भण्डारी भने मुसुमुसु हाँसिरहेका थिए । उनको मुस्कान क्यामराम्यानले कैद गरिरहेका थिए । यसैगरी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे पनि हाँसिरहेका थिए ।

भण्डारी र घिमिरेबाहेक सभामुखसँगै रोस्टममा बसेका सांसदका सचिवहरु पनि हसिलो मुहारमा देखिएका थिए । राजनीतिक नेतृत्वलाई घुँडा टेकाउन सफल भएकोमा कर्मचारीको हाँसो स्वभाविक लाग्थ्यो । तर कांग्रेस सांसद घिमिरे र भण्डारीको कूटिल हाँसो केका लागि थियो, कसैले बुझ्न सकेनन् ।

खतिवडाले राजीनामा दिने घोषणा गरेर रोस्टम छोड्दा संसद स्तब्ध थियो, तर भण्डारी र घिमिरेको खुशीले उज्यालो भएको मुहार क्यामेराम्यानले कैद गर्न भ्याएका थिए ।