धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले राजनीतिमा नआउन भनिसककाे बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आएको बताए पनि पार्टीले नआउन भनिसकेको बताउँदै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय भइनसकेको बताए ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटामा भएको सातौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको उनले बताए ।
नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीका विरुद्ध लागेको उनले बताए ।


प्रतिक्रिया