प्रधानमन्त्री ओलीले संसदमा बिशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले संसदमा बिशेष सम्बोधन गर्ने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका थिए ।