काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति गरेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ, पोखरामा प्राडा भरत खत्री, पाटनमा प्राडा बुद्धि पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजनकुमार रोकाया नियुक्त भएका छन् ।
बीपीमा नियुक्त पाएका डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुन् भने पोखराका खत्री पनि हाडजोर्नी विशेषज्ञ भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
रोकाया पनि हाडजोर्नी र नशा रोग विशेषज्ञ हुन् । डा. पौडेल बाथरोग विशेषज्ञ हुन् ।


प्रतिक्रिया