प्रधानमन्त्री ओलीको व्यङ्ग्यपूर्ण संसद सम्बोधन: रंगशाला प्रगति र विपक्षीको आलोचना (पूर्णपाठ)

प्रधानमन्त्री ओलीको व्यङ्ग्यपूर्ण संसद सम्बोधन: रंगशाला प्रगति र विपक्षीको आलोचना (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा लामो सम्बोधन गर्दै आफ्ना सरकारले हालसम्म गरेका काम, समसामयिक राजनीतिक विषयवस्तु र अन्तर्राष्ट्रिय भ्रमणको विवरण प्रस्तुत गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माण प्रगति र खेलकुद पूर्वाधार विकासबारे जानकारी दिए।

“नेपालले लगातार दुई वर्षसम्म आइसीसी डिजिटल फ्यान इन्गेज्मेन्ट अवार्ड पाएबाट नेपाली युवाहरु कति क्रिकेटप्रेमी छन् भन्ने देखाउँछ। युवाहरुको त्यही चाहना बुझेर यो सरकारको पहिलो क्याबिनेट बैठकले कीर्तिपुरको क्रिकेट रंगशालामा प्यारापिट बनाउने र फ्लडलाइट जोड्ने निर्णय गरेको थियो। त्यो काम अहिले अन्तिम चरणमा पुगेको छ।”

उनले थपे “देशभर क्रिकेट लगायत अन्य खेलकुद संरचनाहरु बनिरहेका छन्। निर्माण प्रक्रियामा प्रशासनिक झण्झट, अवरोधका गलत मनसायसहित दायर मुद्दा र अनपेक्षित मौसमका चुनौतीहरू रहेका भए पनि कीर्तिपुर रंगशालाको काम अन्तिम चरणमा पुगेको छ।”

पुर्व प्रधानमन्त्री प्रचण्ड लाई व्यङ्ग्य गर्दै उनले भने “प्यारापिट बन्यो? फ्लडलाइट जोडियो?” भन्ने जस्ता प्रश्न गर्ने साथीहरुलाई एक पटक संसदीय समितिका केही माननीय सदस्यहरुले अवलोकन भ्रमण गरे झैं कीर्तिपुर रंगशालाको अवलोकन–भ्रमणका लागि सिफारिस गर्छु। यसपटक, प्यारापिट निर्माण र फ्लडलाइट फिट गर्ने काम सकेपछि अत्याधुनिक रंगशाला निर्माणको दोस्रो चरणको काम थालिने छ।

सम्बोधननको पूर्णपाठ