काठमाडौं । संस्थापन समूह पराजित हुने भएपछि राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन भाँडेको आरोप लागेको छ । संस्थापन समूह पराजित हुने भएपछि अध्यक्ष लिङलेनले परिचालन गरेका युवाहरुले राप्रपा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष एवं निवर्तमान राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंका अध्यक्ष रिद्दिप्रताप राणामाथि हेलमेट प्रहार गरेका छन्।
अधिवेशनको हलमा उपस्थित रहेका एक हुल अराजनीतिक जथ्थाले उनलाई हेलमेट प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । स्मरण रहोस् यसअघि पनि अध्यक्ष लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीका युवा नेता राजु गैरेमाथि हेलमेट प्रहार गरेका थिए।
जिल्ला अधिवेशनमा लिङदेनले युवा परिचालन गरेपछि कार्यक्रमस्थलमा व्यापक विरोध भएको थियो। त्यसै क्रममा वैधानिक अधिवेशन प्रतिनिधि र मतदाताको नामावली प्रकाशन गर्न माग गर्दै लिङदेनविरुद्ध हुटिङ गरेका थिए।
‘म युवा संगठनको अधिवेशनमा सहभागी हुन पुगेको थिएँ। म विधि, विधान अनुसार संगठन चल्नुपर्छ भन्ने मान्यता राख्ने युवा हुँ म। विगत लामो समयदेखि पार्टीमा क्रियाशील छु’ निवर्तमान अध्यक्ष राणाले भने, ‘आज जिल्ला अधिवेशन सुरु लाग्दा हुल हुज्जत गर्दै आएका अराजनीतिक समूहले ममाथि हेलमेट प्रहार गरेका छन् ।


प्रतिक्रिया