मितेरी सहकारी ठगी : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

मितेरी सहकारी ठगी : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

सीआईबीले तिनीहरूविरुद्ध मुद्दा चलाउन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार, ११ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सहकारीका अतिरिक्त हुण्डीको कारोबारमा पनि संलग्न भएको पाइएको छ ।

कांग्रेस नेता धनराज गुरुङको नाम जोडिए पनि अनुसन्धानमा उनको संलग्नता कतै पनि नदेखिएपछि उनलाई प्रतिवादी बनाइएको छैन ।

मितेरी सहकारीमा बचत गर्ने १४४ जना र केही सञ्चालकसमेतको गरी १४ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । उक्त उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेको थियो ।