कोशीमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध

कोशीमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध

अपानी बिपरित बोल्न नदिइएकै हो: घनश्याम खतिवडा, अध्यक्ष कोशी प्रदेश


ग्लोब नेपाल
1.1k
Shares

विराटनगर । कोशी प्रदेशमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध लगाइएको छ । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाका अनुसार प्रदेश सचिव राजकुमार भण्डारीको सयोजकत्वमा गठन भएको १० सदस्यीय कार्यदलले विधान अधिवेशनमा समेट्नुपर्ने विषयमा सुझाव संकलन गर्नेछ । उक्त सुझाव संकलन गर्दा पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षमा कुराकानी गर्न पाइने छैन ।

खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा) खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन । यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

खतिवडाका अनुसार भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एकसाताभित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा ब्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ । जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ । 

अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा

बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए । 

 ‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नु भयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने,  ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’

पूर्वराष्ट्रपति बिधादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखेपछि अहिले एमालेभित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाई रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्द पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।