काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया