लोसपाका पूर्वमहामन्त्री देवेन्द्र यादव कांग्रेसमा प्रवेश

लोसपाका पूर्वमहामन्त्री देवेन्द्र यादव कांग्रेसमा प्रवेश



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन् ।

तत्कालीन सद्भावना पार्टीको राजनीतिबाट राजपा हुँदै यादव लोसपामा पुगेका थिए । तत्कालीन राजपामा राजेन्द्र महतोको ‘कोटा’बाट उनी महामन्त्री बनेका थिए । महतो लोसपा छाडेर जातीय समूहमार्फत राजनीतिमा लागेपछि यादव निष्क्रिय बसेका थिए ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवको पहलमा उनलाई पार्टी प्रवेशमा सहमत गराइएको थियो ।

बिहीबार (साउन २९) सानेपामा यादवलाई देउवाले सदस्यता प्रदान गरी स्वागत गरेका हुन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य बनाउने तयारी छ ।

उनलाइ नेपाली कांग्रेसको केन्द्रीय समितिमा राखेर जिम्मेवारी दिइने तयारी छ ।

उनले मधेसका अरू पाँच नेता पनि कांग्रेस केन्द्रीय सदस्य बन्ने गरी पार्टी प्रवेशको तयारीमा रहेको सुनाए ।