जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन् । राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका हुन् ।