चक्रे आज पनि हिरासतमै, अदालतमा भोलिबाट बहस सुरु हुने

चक्रे आज पनि हिरासतमै, अदालतमा भोलिबाट बहस सुरु हुने


ग्लोब नेपाल
756
Shares

काठमाडौं । बजारमा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन) विरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज (बिहीबार) मुद्दा दर्ता भएको हो ।

मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहेने भएका छन् । मुद्दा दर्ता भए पनि थुनछेक बहस आज नभ्याउने भएकाले चक्रेलाई हिरासतमै ल्याइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिएका छन । प्रवक्ता नेउपानेले भने, ‘आज मुद्दा दर्ता भयो, तर थुनछेक बहस नभ्याउने भएकाले हिरासतमै राखेर भोलि पुनस् अदालत पेश गरिन्छ ।’ एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि मुद्दा दर्ता भएको हो ।

चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।