रविको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते

रविको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा सुनुवाइ नसकिएपछि अर्को पेसी ताेकिएकाे छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि नै सुनुवाइ सुरु भएको हाे ।

उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् ।

उच्च अदालत पोखराका मुख्य रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो । रविसँगै सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै थुनामा पठाउन माग सहित उच्चमा निवेदन दिएको छ ।

सोही मुद्दामा बिहीबारदेखि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको हाे । बिहीबार सुनुवाइ नसकिएपछि पेसी आगामी भदाै ५ गतेका लागि सरेको अदालतले जनाएको छ ।

लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ । अभियोग पत्रमा उनीमाथि ३ करोड ३७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।