काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनको बेइजिङ पुगेका छन् । उनी नियमित स्वास्थ्य उपचारका लागि बुधबार राति बेइजिङ पुगेकाे श्रेष्ठको सचिवालयले जानकारी दिएकाे छ ।
२०८० सालमा चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो । बेइजिङमा रहँदा उनलाई छाती दुखेपछि पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
त्यतिबेला अस्पतालले हृदयाघात भएको बताएको थियो । सचिवालयका अनुसार त्यसैको फलोअपका लागि श्रेष्ठ अहिले बेइजिङ पुगेका हुन् ।


प्रतिक्रिया