काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
अवैधानिक रूपमा बनेका घरटहरा भत्काएको नगरप्रहरी एसपी दीनेश अर्यालले जानकारी दिए ।
भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीमा डोजर चलाएर अहिले पनि भत्काइरहेकाे छ । यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।
भत्काउने पूर्णतयारी अनुरुप महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आज बिहान मनोहरा पुगेको थियो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ ।


प्रतिक्रिया